

हरेक क्षेत्रमा रहेको सबै स्वरूपको गरिबीको अन्त्य गर्ने
भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिको प्रवर्धन गर्ने
सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्धन गर्ने
समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्ने
लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र वालिकाहरूलाई सशक्त बनाउने
सबैैका निम्ति खानेपानी र सरसफाईको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने
धान्न/बेहोर्न सकिने, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने
स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवर्धन गर्ने
उत्थानशील पूर्वाधारहरू निर्माण गर्ने, समावेशी तथा दिगो औद्योगीकरणको प्रवर्धन गर्ने र नवप्रवर्तनलाई प्ररित गर्ने
देशभित्र तथा देशहरू बीचको असमानता हटाउने
सहरहरू र मानव बस्तीलाई समावेशी, सुरक्षित, उत्थानशील, र दिगो बनाउने
दिगो उपभोग तथा उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने
जलवायु परिवर्तन तथा यसको प्रभावहरूसँग जुझ्न तत्काल कार्य अघि बढाउने
दिगो विकासको निम्ति महासागरहरू, समुद्रहरू र सामुद्रिक स्रोतहरू संरक्षण गर्ने र दिगो रूपमा प्रयोग गर्ने
पृथ्वीको भूपरिधिस्तरीय पारिस्थितिकीय प्रणालीहरूको दिगो उपयोग, रक्षा र पुनर्स्थापन गर्ने, वनको दिगो रूपमा व्यवस्थापन गर्ने, मरुभूमीकरण विरुद्ध लड्ने र जमिनको क्षयीकरण रोक्नुका साथै यसलाई उल्ट्याउने साथै जैविक विविधताको ह्रासलाई रोक्ने
दिगो विकासका निम्ति शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवर्धन गर्ने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने,र सबै तहहरूमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाहरूको स्थापना गर्ने
दिगो विकासका लागि कार्यन्वयनका उपायहरू/ साधानहरूलाई सुदृढ गर्ने र अन्तराष्ट्रिय साझेदारीलाई पुनः जीवन्त तुल्याउने